नेमकिपाका युवा विद्यार्थीद्धारा रत्नपार्कमा बृहत जुलुश गर्ने


कार्तिक १६, २०८०, बिहीबार | विहान ०६:०३ बजे | 65


नेमकिपाका युवा विद्यार्थीद्धारा रत्नपार्कमा बृहत जुलुश गर्ने

भक्तपुर । प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले कार्तिक १७ गते शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएको छ । पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँंसो १ बजे रत्नपार्कबाट हुने बृहत्त जुलुश गर्ने भएको हो ।  
अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु ईजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरूद्ध भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएको छ ।  रत्नपार्कबाट हुने बृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ । 

Comments