उपत्यकाको खानेपानी समस्या समाधानको सुझावहरु मन्त्रालयमा पेस


कार्तिक १४, २०८०, मङ्गलबार | दिउँसो ०२:४९ बजे | 60


उपत्यकाको खानेपानी समस्या समाधानको सुझावहरु मन्त्रालयमा पेस

नविना श्रेष्ठ
काठमाडौं । काठमाडौँ उपत्यकामा सधैं खानेपानीको अभाव रहँदै आएको समस्या यो वर्षको कार्तिक महिना देखि नै यो समस्या सिर्जना भइसकेको छ। यसको तत्कालै सम्बोधन नगर्ने हो भने आगामी सुख्खा मौसममा खानेपानीको संकट झनै चुलिँने  देखिन्छ ।  काठमाडौँवासीले खानेपानीको हाहाकार ब्यहोर्नु नपरोस् भनेर विगत देखि नै सक्रिय रुपमा यसको दीर्घकालीन व्यवस्थापन गर्न पहल गर्दै यसैको निरन्तरतामा हिजो स्थानीय निकायका पदाधिकारीहरु सहित काठमाडौं क्षेत्र नं. ५
का प्रतिनिधि सभासद सदस्य माननीय प्रदिप पौडेल लगायत टिमले नेपाल संघीय सरकारका खानेपानी मन्त्री माननीय महिन्द्र राय यादवलाई भेटी समस्या समाधानको लागि निम्न माग तथा सुझावहरू प्रेस गरेका छन्।

१. काठमाडौँवासीलाई तत्काल मेलम्चीको खानेपानी उपलब्ध गराइयोस् । यसको खानेपानी सञ्जाल सबै उपभोक्ताको पहुँचमा तत्कालै पुर्याइयोस् । 

२. शिवपुरी आरक्षण क्षेत्रभित्रका खेर गइरहेका पानीका स्रोतहरूलाई एकीकृत ढंगले संकलन गर्दै हिउँदमा हुने अभावलाई समेत सम्बोधन गर्न सकिने पूर्वाधार निर्माण गरि आरक्षण क्षेत्रभित्रको पानीलाई समेत वैकल्पिक श्रोतका रुपमा विकास गर्न तत्कालै अध्ययन अनुसन्धान गरियोस् । 

३. मन्त्रालयले बजेट विनियोजन गरिसकेर पनि निर्माण सम्पन्न नगरी अलपत्र पारिएका उपत्यका भित्रका सबै बोरिङ परियोजनाहरूलाई तत्काल पानी उपलब्ध हुनेगरि निर्माण सम्पन्न गर्दै जनतालाई छिटो भन्दा छिटो खानेपानी उपलब्ध गराइयोस् । 

४. खानेपानी सबैतिर उपलब्ध गराउन मन्त्रालयले सकेजति आफ्नो संयन्त्रलाई परिचालन गरोस् । 

५. खानेपानीको पाइप विस्तार तथा मर्मतसम्भार गर्दा बिग्रिएका–भत्किएका सडकहरूको तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गरियोस् ।

खानेपानी मन्त्री यादवलाई नै यसै हप्ता पानीको मुहानको अवलोकन गर्न आग्रह गरेका छन्। टोखा शिवपुरीको पानीलाई व्यवस्थित गरी जनताको घरघर सम्म पुर्याउन मन्त्री यादवलाई ध्यानाकर्षण गराउन  काठमाडौं क्षेत्र नं ५ का सांसद माननीय प्रदिप पौडेल टिम सहित आफैं मन्त्रालय पुगेको बताए।

फाेटाेमा हेर्नुहाेस्...

उपत्यकाको खानेपानी समस्या समाधानको सुझावहरु मन्त्रालयमा पेस

Comments