सकियो चंगा चेट प्रतियोगिता


कार्तिक ५, २०८०, आइतबार | विहान ०३:३७ बजे | 45


सकियो चंगा चेट प्रतियोगिता

भक्तपुर । चण्डेश्वरी मचा खलको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको चङ्गा चेट प्रतियोगितामा भक्तपुर नगरपालिका ५ नं वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेको प्रमुख आतिथ्यतामा समापन भयो । कार्यक्रममा प्रतियोगिताका लागि सहयोग गर्नुहुने प्रायोजक दाताहरुलाई पनि प्रशंसा व्यक्त गरियो । साथै उहाँंहरुको आगामी दिनहरुमा पनि साथ पाउने विश्वस्त भइयो ।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न साथ दिनुहुने आयोजक टोली, स्वयंसेवक साथीहरू र कार्यक्रमलाई सम्भव तुल्याउने अन्य योगदानकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गरियो । 


फाेटाेमा हेर्नुहाेस्...

सकियो चंगा चेट प्रतियोगिता

Comments