स्वर्गीय राणाको श्रद्धाञ्जलीस्वरुप भक्तपुरमा भजनकीर्तन


कार्तिक ४, २०८०, शनिबार | विहान ०७:३८ बजे | 70


स्वर्गीय राणाको श्रद्धाञ्जलीस्वरुप भक्तपुरमा भजनकीर्तन

भक्तपुर । स्वर्गीय सावित्री राणा केसीको श्रद्धाञ्जलीस्वरुप भक्तपुरको नासमनामा भजन कीर्तन गरिएको छ । राणाको स्वर्गारोहणको १३ औं दिनको पुन्यतिथिमा श्यामसुन्दर भजन मण्डलले भजन घरमै भजन कीर्तन गरेको हो । भक्तपुर नासमनाकै स्थानीय समाजसेवी डा इन्दुल केसीको धर्मपत्नी सावित्रीको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ७६ वर्षको उमेरमा निधन भएको थियो । भजनकीर्तनको क्रममा सहभागीहरुले मृतकको आत्माको चीरशान्तिको कामना गर्दै विभिन्न भजनहरु गरेका थिए । साथै भजनपछि प्रसाद पनि वितरण भएको थियो ।  

Comments