भक्तपुरमा थप ३९ जना कोरोना संक्रमित (कहाँकति विवरणसहित)
असोज १८, २०७७, आइतबार | दिउँसो ०३:११ बजे | 0
भक्तपुर । आज असोज १८ गते आईतवार भक्तपुर जिल्लामा ३९ जनामा कोरोना भाईरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेतापनि ४१ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसमा भक्तपुर नगरपालिकामा (१पुरूषर५ महिला) गरि ६ जना, चागुनारायण नगरपालिकामा (२पुरूष र १ महिला) गरि ३ जना, सुर्यबिनायक नगरपालिकामा (८ पुरूषर३महिला) गरि ११ जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, नयाँबस्ति, कौशल्टार, पोबु, बालकुमारि, गठ्ठाघर, वडा नं.५ लगायतका स्थानमा (१०पुरूष र ७ महिला) गरि १७ जना रहेको र ४ जनासंग सम्पर्क हुन नसकेको बताउनुभयो ।