यस्तो छ भक्तपुर प्रशाशनको दसैं योजना
कार्तिक २, २०८०, बिहीबार | दिउँसो ०१:३९ बजे | 20
भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी सिडिओ) रोशनीकुमारी श्रेष्ठले दसैंमा बजार अनुगमनमा विशेष ध्यान दिने बताएकी छिन् । बिहीबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा भएको पत्रकार सम्मेलनमा उनले चाँंडबाँंडको बेला बजारमा हुनसक्ने ठगीलाई न्युनीकरणमा विशेष पहल गर्ने बताइन् । चाँंडबाँंडको मौकामा महँंगी गर्ने, कृतिम अभाब हुनेलगायतमा विशेष ध्यान दिने उनले जनाइन् । सो क्रममा पत्रकार र प्रशाशनवीच शुभकामना आदानप्रदान पनि भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...