गोल्मढीकी सय वर्षीया ग्वाछा काठमाडौंमा सम्मानित (जीवनीसहित)
कार्तिक १, २०८०, बुधबार | दिउँसो ०१:०० बजे | 65
काठमाडौ । भक्तपुर गोल्मढीकी एक सय वर्षीया शताव्दी महिला (एक सय वर्ष पूरा गरेका) कृष्णथकु ग्वाछा बुधबार राजधानीमा सम्मानित भएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
राष्टिय जेष्ठ नागरिक कोषले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरेको हो । कार्यक्रममा सम्मानित व्यक्तित्व गौरीशंकरलाल दास, पूर्व परराष्टमन्त्री विमला राई पौडेल, संघीय सांसद् बद्री पाण्डे, आयोजक राष्टिय जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीलगायतले जेष्ठ नागरिक इश्वरको रुप रहेको भन्दै उनीहरुको सम्मानित जीवनयापनमा जोड दिए ।
खेती किसानीमै वित्यो जीवन
नेवारी परम्परा अनुसार विवाह अगाडि विवाह गरी आउने युवतीलाई सुन दाइजोको रुपमा श्रीमान हुने परिवारबाट दिनुपर्छ । यही परम्परा अनुसार हाल भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी याता निवासी कृष्णथकु ग्वाछाले पनि पाएकी थिइन् एक तोला सुन । उनका अनुसार त्यो बेला एक तोला सुनको मूल्य एक हजार सात सय थियो ।
उहिलेका चलन अनुसार कृष्णथुकुको विवाह सानोमै अर्थात् १२ वर्षको उमेरमै भएको थियो । उहाँंका ६ छोरा र पाँंच जना छोरी गरी कुल ११ सन्तान थिए । तर
उहाँंहरुमध्ये दुई छोरा र तीन छोरीहरु मात्रै जीवित हुनुहुन्छ । बाँंकी छोराछोरी सानोमै विते ।
उहाँंले लहरै पाँंच जना छोरा पाउनुभएको थियो । तर पनि त्यो बेला परिवार नियोजन गर्ने चलन नहुँंदा उहाँंले यौवन छडाँंसम्म सन्तानहरु पाइरहनुभयो । उहाँंका बुबाआमाका पनि ५ छोरी र दुई छोराहरु थिए । तर उहाँंहरु पनि सवै जना वित्नुभयो । उहाँंका दाजुभाइ, दिदीबहिनी मात्रै होइन, वुहारी ज्वाईहरु पनि सवै वित्नुभयो ।
उहांँको जीवन खेतीकिसानीमै वित्यो । परम्परागत पेशामै उहाँंको बाल्यकाल वित्यो । उहाँंको माइती भक्तपुरकै क्वने भारे अर्थात् भक्तपुर नगरको पश्चित क्षेत्रतिर थियो । तर १९९० सालको महाभूकम्पपछि त्यहाँंबाट उहाँहरु बसाई सर्नुभयो । त्यसपछि उहाँंहरु भक्तपुर जिल्लाकै सौडोल (हाल चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली सौडोल)को खेतको घरमा वस्न थाल्नुभयो । बजारको घर भक्केपछि उहाँंहरु त्यहाँंको खेत र खेतसँंगै रहेको खेतघरमा सर्नुभयो ।
त्योबेला अहिले जस्तो पढनेलेख्ने चलन थिएन । त्यसकारण उहाँंको जीवन बुबाआमासँंगै पुख्र्याेली पेशा खेती किसानीमै वित्यो । सानो भएर हिडडुल गर्न सक्ने भएदेखि उहांँ आमाबुबालाई सघाउन खेत पुग्नुहुन्थ्यो । यो क्रम जीवनभर चल्यो उहाँंको पाँंच ६ वर्षदेखि खेती किसानीमै विताएका उहाँं जीवनको ९५ वर्ष भन्दा वढी उमेर खेती किसानीमै वितेको छ । अहिले दुई चार वर्ष भयो म खेत जान नसकेको, उहाँंले भन्नुभयो, अहिले ९९ वर्ष नाघेर एक सय वर्ष टेके । हिसावै गर्ने हो भने पाँंच वर्षदेखि खेती किसानीमा जीवन विताउन थालेका उहाँंको ९५ वर्षसम्म खेती किसानीमै वित्यो । यो हिसावले नौ दशक समय उहांको जीवन खेती किसानीमै वित्यो ।
उहाँं हाल दुई छोराहरुमध्ये माइलो छोरा कृष्णहरि परिवारसँंग बस्नुहुन्छ । कृष्णहरिको दुई छोरा र दुई छोरी छन् । सवैजनाको विवाह भइसकेको छ । त्यसकारण उहाँंको परिवारमा हाल उहाँं आफैं, छोरा वुहारी, दुई नाति, एक नातिकी श्रीमती र उनको छोरी गरेर सात जनाको परिवारमा वस्नुहुन्छ । ठलो नातिको भने विवाह हुन बाँंकी छ ।
गाउँंमा गाईभैसी आफैं पाल्ने भएकोले उहाँंको परिवारमा दूध जति पनि खान पाइन्थ्यो । मासु पनि ५० पैसामा एक धार्नी पाइन्थ्यो, उहाँंले भन्नुभयो, त्यसकारण बुबाले त मासु पनि ल्याइरहनुहुन्छ ।
आफनो माइततिर जग्गाजमिन प्रसस्त भएकोले खान लाउन कुनै समस्या नभएको उहाँं सम्झनुहुन्छ । तैपनि खेती किसानीमै पनि अरुको काममा जाँंदा दिनमा ५० पैसा ज्याला पाएको सम्झनुहुन्छ ।
प्रस्तत दूध खान पाइने, मासु पनि खान पाइने, खेतमा दिनभर काम गर्ने भएकाले अहिले पनि आफू स्वस्थ भएको उहाँं बताउनुहुन्छ । अहिलेको एक्ससाइज भन्दा हामीले दिनभर खेती किसानीमा काम गर्दा अझ तगडा हुन्छ, उहाँं थप्नुहुन्छ । जे खाए पनि शुद्ध खान पाउनुहुन्छ । यही नै आफू लामो जीवनको रहस्या भएको उहाँको बुझाई छ ।
हाल पनि उहाँं घरको तलमाथि गर्नु सक्नुहुन्छ । दिउँंसोको समयमा उहाँं घर बाहिर अन्य टोलका बुढापाकाहरुसँग बसेर समय विताउनुहुन्छ । नजिकै देवतास्थलमा पनि जान सक्नुहन्छ । तैपनि दुईतीन तल्लाको भरयाग चढनु ओलर्नु पर्ने भएकाले दैनिक देवतास्थलमा जानुहुन्न । माथिबाटै पूजा गर्नुहुन्छ ।
उहीलेदेखि भक्तपुरमै घरेलु तानबाट बनाइने हाकुपटासी (परम्परागत कालो फरिया) मा उहाँंलाई अहिल पनि अरु लुगाहरु ल्गाउनुहुन्न । अरु लुगा लगायो भने उहाँंलाई लाज हुन्छ । त्यसकारण जहिले पनि हाकुपटासीमा बस्नुहुन्छ उहाँं । एउटा हाकुपटासीको दुई रुपँंया मूल्यबाट लगाउन सुरु गरेको उहाँंले अहिले पनि दुई हजार पर्ने हाकुपटासी नै लगाउनुहुन्छ । पहिलापहिला लगाउने लुगादेखि सवै कुरामा आत्मनिर्भर भएको उहाँं सम्झनुहुन्छ । हालै असोजमा मात्रै उहाँंले आफू एक सय वर्ष टेकेकोमा जन्मदिन मनाउनुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...