भारतीय विस्तारवादले विश्वका शोषितपीडितको जिउने अधिकारसमेत हनन


कार्तिक १, २०८०, बुधबार | विहान ०६:०१ बजे | 75


भारतीय विस्तारवादले विश्वका शोषितपीडितको जिउने अधिकारसमेत हनन

भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगरपालिका ४ बोलाछें ईकाई समितिको आयोजनामा २०८० सालको बडा दशैं, नेपाल सम्बत ११४४ र दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थानीय दुमलाचा टोलमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरको सदस्य एवं नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्र्रीय उपाध्यक्ष उपेन्द्र्र सुवालले दशैको समयमा रचनात्मक कार्यमा आफुलाई व्यस्त बनाउन सके जुवा तास खेल्ने रक्सी सेवन गर्ने गलत बानीबाट आफुलाई टाढा राख्न सकिने बताउनुभयो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कारण विश्वका शोषित पीडित जनताको जीउने अधिकारसमेत हनन भएको अवस्थामा भोकमरी र मानवीय संकटबाट छुटकारा पाउन उर्जा पाउन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाले जनताको हितको लागि गरेका विभिन्न गतिविधिको जानकारी गराउ“दै  अन्याय अत्याचारको विरुद्द शोषित पीडित जनताको पक्षमा आवाज बुलन्द गर्ने नेमकिपा जनताको बीचमा क्रियाशील रहेको बताउनु भयो ।
 नेपाल मजदुर किसान पाट्र्री भ.न.पा.४ का अध्यक्ष पशुपतिले  नेमकिपाले माक्र्सवाद लेनिनवाद र माओत्सेतुड्ड विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगिकार गरी ईमान्दारीपुर्वक निरन्तर जनताको सेवा गरेको बताउनु भयो । अग्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रज कार्यकर्ताहरुले गरेको संघर्षको योगदानको कारण वर्तमान समयमा भक्तपुर जिल्लाको जनताहरुका जीवनस्तर तुलनात्मक रुपमा आत्मानिर्भर भएको तथा देशको प्राकृतिक स्रोत साधनमाथि भारतले कब्जा गरेकोमा शासक दलह्ररु दोषी रहेको बताउनु भयो । हाल एम.सि.सि. सम्झौताको कारण विभिन्न जिल्लाका जनताले आफनो जग्गा गुमाउनु पर्ने अवस्था भएकाले सो सम्झौता कार्यान्वयन गर्न दिनु हुदैन भन्नुभयो । 
ने.म.कि.पा.भ.न.पा.– ४ वडा बोलाछें एकाई समितिका अध्यक्ष हरि सुन्दर सुवालले दशैलाई अन्यायको व्रिरुद्द संघर्ष गर्न प्रेरणा दिने अवसरको रुपमा मनाउनुपर्ने बताउनु भयो । जनताको छोरा छोरीले न्युनतम शुल्कमा पढ्न पाउने बातावरणको लागि ख्वप विश्वविद्यालयको विधयक संसदबाट पारित हुनुपर्छ भन्नु भयो ।  आयोजक समितिका अध्यक्ष किशोर दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सा“स्कृतति संघका राजेन्द्र माक र आयोजक समितिका पञ्च रत्न सैंजुले पनि बोल्नु भएको थियो  । 

Comments