चन्दा उठाएर भक्तपुरको बासिडोलमा बनाइयो कलात्मक मन्दिर


कार्तिक १, २०८०, बुधबार | विहान ०३:१९ बजे | 75


चन्दा उठाएर भक्तपुरको बासिडोलमा बनाइयो कलात्मक मन्दिर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् । कलात्मक पिटलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो ।
मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । तर पछि चन्दा दिनेहरुको लहर नै चलेपछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी गराए । त्यसकारण यहाँं अहिले साधारण मन्दिरको साटो जीवन्त साहित्य सम्पदाको रुपमा आकर्षक मन्दिर छ । 
सल्लाहकार तुल्सी लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रमसमेत सम्पन्न भएको छ । उनले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक  सहयोग गर्नेहरुको लर्काे देखेर सवैजनाल खुशी भएको पनि स्मरण गरे । साथै उनले सहयोगी सम्पूर्ण दाताहरु र विभिन्न संघ सस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गरे । 
इसअघि बस्ती निवासी सम्पूर्ण टोलबासीहरुको सकृयतामा  २०७९ फागुन १३ गते एक भेला गरिएको थियो । भेलाले सूर्यविनायक नगरपालिका ८ बासीडोल चाइनिज ईट्टाभट्टाको पूर्व कम्पाउण्डसँगै श्री गणेशको मन्दिर निर्माण गर्ने निर्णय भएको थियो । योजना अनुसार २०७९ चैत १६ गते टोलबासीमध्यको जेष्ठ नागरिक सानुभाइ गोसाईबाट सिलान्यास गरिएको थियो । जग राखेर काम थालेपछि टोलबासीहरुको मन एक प्रकारले खुशीले तरंगित भएको थियो । यसअनुसार साधारण झिङ्गती छानो हालेर मन्दिर बनाउने र रु. ५ हजारदेखि माथि सहयोग गर्नेहरुको नाम सिलापत्रमा लेख्ने पदाधिकारीहरुले निर्णय गरेका थिए । 

Comments