युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउनु सरकारको गलत नीति


असोज ३०, २०८०, मङ्गलबार | दिउँसो १२:०५ बजे | 70


युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउनु सरकारको गलत नीति

भक्तपुर । संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्व नाघन थालेको भन्दै रोष प्रकट गरेका छन् । सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरुलाई कारबाही नहुँंदा भएको बताए । पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो, उनले भने, ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो । 
भ्रष्टाचारीलाई मृत्युदण्डको सजायँं दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोह्याए । संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजायँं दिनुपर्ने पार्टीको धारणा रहेको उनले दोहरयाए । 
फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताए । परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरवार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने ठोकुवा गरे ।   
उनले इजराइल र प्यालेष्टाइनवीचको युद्धमा मारिएका १० जना निदोर्ष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे । ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उनको जिकिर थियो । 
सरकारले नेपालीलाई सस्तो ज्यामीको रुपमा विदेश पठाउन बधावा दिएर देसघात गरेको आरोप लगाए । ‘यसको नकारात्मक परिणाम विस्तारै देखिन थालेको छ, सुवालले भने, ‘भोलिका दिनमा यो विकराल समस्या हुनेमा कुनै शंकै छैन ।’ 
नेपालीलाई नेपालमै रोजगारी दिएर राख्नुपर्ने भनाई उनको थियो । युवा जति विदेश गएपछि यहाँंका सम्पूर्ण कारोबारहरु विस्तारै वन्द हुँंदै जाने उनको भनाई थियो । हालैमात्रै पार्टीको कामको सिलसिलामा जुम्लालगायतका पश्चिमी जिल्लाहरुमा पुगेको प्रसंग सुनाउँंदै उनले भने, ‘जुम्लामा स्याउ मारामार फलेका छन्, तर काम गर्ने कोही देखिएनन् ।’ नेपालीलाई स्वदेशमै मज्जाले रोजगारी सृजना गर्नसक्ने उनको धारणा थियो । उनले सहकारीमार्फत कति मन्त्री, ठूला ओहडाको प्रहरीको पनि पैसा खाएको थुप्रै घटनाहरु बाहिर आएको पनि सुनाए ।

फाेटाेमा हेर्नुहाेस्...

युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउनु सरकारको गलत नीति

Comments