पाँंगो माटो लिन सहयोगको लागि ब्रम्हायणी सय स्काउटहरु परिचालन

असोज २८, २०८०, आइतबार | विहान ०३:४३ बजे | 55

पाँंगो माटो लिन सहयोगको लागि ब्रम्हायणी सय स्काउटहरु परिचालन

भक्तपुर । भक्तपुरको ब्रम्हायणीमा आइतबार विहानैदेखि माटो लिनेको घुइचो लागेको छ । हरेक वर्ष नौ रातको पहिलो दिन ब्रम्हायणीमा पांगो माटो लिनेको भीड लाग्ने नेपाल स्काउट राष्टिय साहयक प्रशिक्षक बालकृष्ण बनमालाले बताए । 
हरेक वर्ष जस्तै यसवर्ष पनि निओ फ्युजन ओपन रेन्जर क्रु र ख्वपरिंग ओपन रेन्जर क्रुको संयुक्त आयोजनामा पांगो माटो वितरण गरेको प्रशिक्षक बनमालाले बताए । मेलामा आउने भक्तजनहरुले घरघरमा जमरा राख्नको लागि पांगो माटो लिएर जाने भएका कारण सहज बनाउने हेतुले यो कार्य गर्दै आएको बनमाला सुनाउँछन् । यसको लागि करिब सय जना स्काउट परिचाल गरिएको उनले जानकारी दिए ।
प्रत्येक वर्ष दसैंको घटस्थापनासँंगै सुरु हुने नौ राते मेला यहाँंका विभिन्न नौ शक्तिपीठहरुमा लाग्ने गर्दछ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments