सकियो ताथलीको १७ दिने महायज्ञ
असोज २७, २०८०, शनिबार | दिउँसो ०१:३० बजे | 100
भक्तपुर । भक्तपुरमा भएको १७ दिन लामो श्रीमदभागवत् पितृ मुक्ति ज्ञान महायज्ञ २०८० शनिबार सम्पन्न भएको छ । महायज्ञमा दैनिक हजारौं श्रदालुहरु सहभागी भएका थिए । महायज्ञको अन्तिम दिन शनिबार महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई सम्मान गरिएको थियो ।
महायज्ञमा प्रसिद्ध कथावाचिका गरिमा उपाध्यय र अर्का प्रसिद्ध कथावाचिका उमा महेश्वरी रहेका थिए । श्रीमद् भागवत कथावाचक युवा गुरु बालयोगेश्वर श्री विजयमूर्तिजी महारजाको नेतृत्वमा कार्यक्रम भएको थियो
फाेटाेमा हेर्नुहाेस्...