मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश


असोज २७, २०८०, शनिबार | विहान ०६:३० बजे | 25


मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आ.व २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् | राष्ट्रपति कार्यालय, शितलनिवास मा आयोजित एक विशेष समारोह बीच अध्यक्ष डा.दत्तले आयोगको पाचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका छन् |

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरु मध्ये ९०.८ % उजुरी माथि आयोगले कारवाहीको लागि सिफारिस गरेको जनाएको छ | सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी "राष्ट्रिय" शब्द थपेर राष्ट्रिय मधेशी आयोग राख्न आयोगले सिफारिस गरेको छ | आयोगले गाई-माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन्, भ्रुण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउन, तराई-मधेश क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरु ल्याउन जस्ता महत्वपूर्ण सिफारिसहरु गरेको सो प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरकार आयोगको सिफारिसहरु प्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताएका छन् | सरकारको वेवास्ताले गर्दा मधेशी समुदायको सशक्तिकरणमा नकरात्मक असर परेको बताउदै अध्यक्ष डा.दत्तले सरकारको मधेशी समुदाय प्रति सकारात्मक सोच हुनु अत्यावश्यक रहेको समेत बताएका छन् |


Comments