छोरीको घरले सहयोग बटुल्न सफल
असोज २७, २०८०, शनिबार | विहान ०५:५६ बजे | 55
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घरले अहिले चौतर्फि सहयोग बटुल्न सफल भएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि गएको आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएर देशका राजनेता देखि स्थानिय सरकारले पनि सहयोग ।
चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सम्बोधन गर्दै गर्दा ।
सहयोगी हातहरु बढदै जादा चाँगुनारायण नगरपालिका लगायत छिमेकि नगरपालिकाले पनि सहयोगि हात बडाउदै गएका छन । यसै क्रममाः काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिकाले पनि छोरीको घरका लागि जग्गा खरिद गरि भवन निर्माण गर्ने कार्यमा आफ्नो सक्दो सहयोग रहने बताएको छ ।
बिहिबारको रात्रिकालिन कार्यक्रममा सहभागि भएका चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आफ्नो ब्यक्तिगत तथा नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
चन्द्रागिरी नगरपालिकाका नगर उप प्रमुख बसन्ति श्रेष्ठले सम्बोधन गर्दै गर्दा ।
त्यस्तै नगरपालिकाको तर्फबाट हाललाई २ लाख सहयोग गर्ने घोषणा पनि प्रमुख र उपप्रमुखले गरेका हुन ।
त्यस्तै यस अघि छिमेकि सूर्यविनायक नगरपालिकाले भवन निर्माणको क्रममा ५० लाख सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।