म विद्रोही हुँ


असोज १७, २०७७, शनिबार | विहान १०:०२ बजे | 50


रामकृष्ण प्रजापति


आज म विद्रोही हुँ !
किनकी,
सत्य बुझ्ने यहाँ किन बोल्दै बोल्दैनन
मौन बस्छ यहाँ सत्यमूर्तिहरु ।
न्याय अन्याय किन छुट्याउँदै छुट्याउँदैनन्
मौन बस्छ यहाँ स्वयम्भुका आँखाहरु ।
सत्य र न्यायको पक्षमा किन वकालत गर्दै गर्दैनन्
मौन बस्छ यहाँ वकिलहरु ।
कुकर्म किन खोल्दै खोल्दैनन्
मौन बस्छ यहाँ पुजारीहरु ।
देशभक्ति किन देखिन्दै देखिन्दैनन्
मौन बस्छ यहाँ नेताहरु ।
स्वार्थ बिना जोखिम किन मोल्दै मोल्दैनन्
मौन बस्छ यहाँ निस्वार्थीहरु ।
त्यसैले,
म विद्रोही हुँ तर म अराजक होइन
अराजकताको त कुनै वाद नै हुँदैन
म माक्र्सवादी हुँ अराजकतावाद होइन
झगडालु छु क्रान्तिको लडाकु जस्तै
अझै त्योभन्दा छापामार युद्धै युद्ध
विद्रोही हुँ माक्र्सवादको तिम्रो विचार जस्तै
अझै त्योभन्दा सशस्त्रै सशस्त्र
संशोधनमा फसिजाने म त्यो अराजक हुँदै होईन
कम्युनिष्ट हँु म कम्युनिष्ट म विद्रोही पक्षको कम्युनिष्ट
म विद्रोही हु तर म अराजक होइन ।
तिमी अवसरबादी छौ शासक पार्टी जस्तै
अझै त्योभन्दा झन भद्रगोलको
अवसरवादी छौ ठगिरहेका ठग जस्तै
अझ त्योभन्दा गएगुज्रेको
अराजकतामा हराई जाने तिम्रो वाद माक्र्सवाद हुँदै होइन
कम्युनिष्ट हौ केबल माक्र्सवाद तिमी संशोधनवादको माक्र्सवाद !
तिमी अवसरवादी हौ तर माक्र्सवादी हुँदै होइन
त्यसैले,
म विद्रोही हुँ
सत्य बोल्छु
न्याय अन्याय छुट्याउँछु
सत्य र न्यायको पक्षमा वकालत गर्छु
कुकर्म उघार्छु
देशभक्ति देखाउँछु
स्वार्थ विना जाखिम मोल्छु  ........ ।
धन्यवाद !

Comments