अन्ततः लाखाजुको दुःखद् निधन


असोज १६, २०७७, शुक्रबार | दिउँसो ०१:१८ बजे | 0


भक्तपुर । सामान्य घाँटी दुखाईको उपचारमा लागेका लक्ष्मीकुमार लाखाजुको अन्ततः निधन भएको छ । गत शुक्रबार बिहान इन्डोस्कोपी गर्न अस्पताल पुगेका लाखाजु इन्डोस्कोपी पश्चातै कोमामा पुगेका थिए । ७ दिन कोमामा राखेपछि नर्भिक अस्पतालले लाखाजुलाई आज मृत्यु पुष्टि गरेको छ ।  लाखाजुको सम्पूर्ण उपचार डा. इवामुरा अस्पतालले गर्ने भएको थियो । पीडित परिवार र अस्पताल प्रसाशन बीच बिहिबार भएको धर्ना र बार्ताले विरामीको सम्पूर्ण उपचार डा. इवामुराले गर्ने भएको थियो यद्यपी लाखाजुको दुःखद निधन भयो । इन्डोस्कोपी गर्दैमा मान्छेको मृत्यु कसरी हुन्छ ?मृतकका आफन्त र शुभचिन्तकहरु यतिबेला अचम्भित भएका छन् ।
मृतक लाखाजूको अन्तिम संकारका लागि अहिले भक्तपुरको हनुमानघाटमा ल्याएको छ । मृतक लाखाजुको निधन के कति कारणले भयो अझै खुलेको छैन । सामान्य उपचार र चेक जाँचकै सिलसिलामा थप सिकिस्त भई कोमामा पुग्नु दुःख भएमा आम नागरिकले चासो व्यक्त गरेका छन् ।

Comments