भक्तपुरमा शुक्रबार थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि
असोज १६, २०७७, शुक्रबार | दिउँसो ०१:०३ बजे | 5
भक्तपुर । भक्तपुरमा शुक्रबार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्म कै उच्च हो । आजभोली भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म भक्तपुरमा २ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ । शुक्रबार देशभर २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। सो संख्या हाल सम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाीडभाड हुने ठाउँमा संक्रमण फैलिने दर बढिरहेको भन्दै सचेत रहन समेत सबै सर्वसाधारणमा अनुरोध गरेको छ ।
शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमण संख्या तीब्र गतिमा फैलिरहेको बताए । उनले संक्रमणबाट बच्चनको लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरे