बाँंसुरी बाजालाई व्यवसायिक बनाउनुपर्नेमा जोड


असोज १७, २०८०, बुधबार | साँझ ०४:०३ बजे | 55


बाँंसुरी बाजालाई व्यवसायिक बनाउनुपर्नेमा जोड

मध्यपुर थिमि । निकोसेरा बाँसुरी खल निकोसेर मध्यपुर थिमि भक्तपुरको आयोजनामा भएको सात महिने बाँंसुरी बाजा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा नौजना युवतीसहित कुल २४ जना प्रशिक्षार्थी सहभागी भएका थिए । 
आयोजकका अनुसार यो तेश्रो प्रशिक्षण समूह हो । यसअघि पहिलो समूहमा ३० जना र दोश्रो समूहमा ३९ जना प्रशिक्षार्थी सहभागी भएको जनाइएको छ । 
बाजाको प्रशिक्षण गुरु धनकृष्ण साँंझ्वाले दिएका थिए । यस्ता बाजालाई संस्कृतिसँंगै व्यवसायिक बनाउनुपर्नेमा कार्यक्रममा जोड दिएको थियो । 

Comments