ब्रम्हायणीमा नौ दिन लामो सत्सँंग सुरु


असोज १७, २०८०, बुधबार | विहान ११:०७ बजे | 50


ब्रम्हायणीमा नौ दिन लामो सत्सँंग सुरु

भक्तपुर । भक्तपुरको ब्रम्हायणीमा नौ दिन लामो भक्तिमय सत्संग एवं संगीतमय भजन बुधबारदेखि सुरु भएको छ । कार्यक्रम असोज २५ गतेसम्म हुनेछ । कार्यक्रमको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले एक समारोहवीच गरे । 
पहिलो दिन कलश यात्रा पनि भएको छ । ब्रम्हायणीबाट सुरु भएको यात्रा च्याम्हासिंह हुँंदै दतात्रय र त्यहांबाट कमलविनायक हुँंदै पुनः ब्रम्हायणीमै पुगेर सम्पन्न भएको थियो । 
सत्संगमा प्रमुख वाचक आचार्य श्री सागरजी र संकल्पकर्ता महाकाली राधिका श्री सिन्धु महाकाली माँं रहेका छन् । श्री सिन्धु महाकाली परिवार जैमन थापी नारायण महाकाली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सत्संग सुरु भएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

ब्रम्हायणीमा नौ दिन लामो सत्सँंग सुरु

Comments