यस्तो छ पुलुकिसी जात्रा मनाउनुको इतिहास


असोज १६, २०८०, मङ्गलबार | दिउँसो ०३:३७ बजे | 80


यस्तो छ पुलुकिसी जात्रा मनाउनुको इतिहास

भक्तपुर । हजारौ नगरबासीहरुले हर्षाेल्लाका साथ मंगलबार भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा मनाइएको छ । जात्रा साँंझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँंबाट जात्रा सुरु हुने परम्परा छ । 
जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हाती नगर परिक्रमा गराइयो । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो । पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि वडो उल्लासकासाथ हजारौ मानिस सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौ मानिस जात्रा हेर्न बसेका थिए । विशेष गरी गल्लीगल्ली भन्दा पनि चोकचोक, जहाँं पुलुकिसीलाई ओहोरदोहोर गराइन्छ, त्यस्ता ठाउँंमा हजारौ दर्शकको भीड लागेको देखियो । विशेष गरी भक्तपुर दरवार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकहरुमा जात्रा हेर्नेको विशेष भीड लागेको थियो ।
पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडिअगाडि बसेर घण्टा बजाइएको थियो । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै नगर परिक्रमा गराइएको हो । यो क्रममा ठाउँंठाउँं, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहार गराइएको थियो । साथै पुलुकिसीसँंग हिडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि वढेको थियो । 
जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुंगिने चलन छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको थियो । त्यहाँंबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइ लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गरिएको थियो । 
पुलुकिसी बनाएर जात्रा सुरु हुने स्थानीय लाकुलाछे टोलबासीका अनुसार जात्राका लागि आवश्यक सवै तयारी स्थानीयले गर्ने गर्छ । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाएको उनीहरुले जनाए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरुले ती सामानलाई अर्काे वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने स्थानीयले सुनाए । 
पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा विरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन् । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार)मा पुगेपछि पानी खुवाउने चलन छ । 
कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई वन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफनो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किंम्वदन्ती रहेको उनले सुनाए । पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

यस्तो छ पुलुकिसी जात्रा मनाउनुको इतिहास

Comments