भक्तपुरका नवनियुक्त सिडिओले के भने पत्रकारसँंगको परिचयात्मक कार्यक्रममा ?


असोज ८, २०८०, सोमबार | विहान ०९:३५ बजे | 75


भक्तपुरका नवनियुक्त सिडिओले के भने पत्रकारसँंगको परिचयात्मक कार्यक्रममा ?

भक्तपुर, असोज ८ । भक्तपुर जिल्लामा असोज ४ गतेदेखि सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उहाँकै कार्यकक्षमा भक्तपुर जिल्लाका पत्रकारहरुलाई आमन्त्रण गरी सोमबार परिचयात्मक कार्यक्रम सञ्चालन गर्नुभयो । उक्त कार्यक्रममा एबीसीडी खबर डटकम डटएनपी अनलाइनका प्रतिनिधि डा. इन्दुल केसी, नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरु, विभिन्न पत्रपत्रिकाका समाचारताहरु, भक्तपुरमा संचालित एफ.एम., टि.भि. एवं फोटो पत्रकारहरुको समूहले श्रेष्ठलाई खाडा ओढाई स्वागत गर्नुको साथै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । 
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै भक्तपुरमा प्रशासनले गर्नुपर्ने कार्यहरुकोबारे सुझाव प्रस्तुत गर्न अनुरोध गर्नुभयो । उपस्थित पत्रकारहरुले भक्तपुरमा समस्याको रुपमा रहेका विभिन्न जात्रा, पर्वहरुमा हुने झगडा, शिक्षा, स्वास्थ्य, सडक, विद्युत, लगायतका कार्यहरुमा प्रशासनले तदारुक्ताका साथ समस्या समाधान गर्न सुझाव प्रस्तुत गरेका थिए । सुझावहरु दिने क्रममा चोरी, डकैटी, दुर्घटना र विभिन्न कार्यालयहरुमा हुने गरेको ढिलासुस्तीकाबारेमा प्रशासनले समुचित कार्य गरी जनताको सेवा गर्नुपर्ने, उक्त कार्यको लागि पत्रकार जगतबाट हुनसक्ने सहयोग प्रदान गर्ने उल्लेख गरेको थिए । 
कार्यक्रमको अन्तमा प्रमुख जिल्ला अधिकारीले सरकारको नीति, नियमको आधारमा रही प्राप्त सुझावहरुलाई पत्रकारवर्गहरुसँग मिलेर कार्य गर्ने वचन दिनुभयो ।

Comments