जब भक्तपुरमा गुन्जियो लोकतन्त्र मुर्दाबाद !


असोज ७, २०८०, आइतबार | दिउँसो ०३:२७ बजे | 50


जब भक्तपुरमा गुन्जियो लोकतन्त्र मुर्दाबाद !

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भक्तपुरमा भव्य स्वागत भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजु भवानीको दर्शन गर्न र पाँंचतल्ले मन्दिरस्थित भैरबनाथको दर्शन गर्न उनी दिउँंसो ३ बजे भक्तपुर पुगेका थिए । 
राजाको स्वागतका लागि हजारौं मानिसको भीड लागेको थियो । भक्तपुरको दरवार क्षेत्र पूरै सर्वसाधारणले भीड लागेको थियो । त्यहाँं राजावादी, राष्टिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकता एवं विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ताहरुका साथसाथै सर्वसाधारणको उलेख्य सहभागिता रहेको थियो । 
राजालाई भक्तपुर दरवार स्क्वायर प्रवेश गर्ने खौमा प्रवेशद्धारमा कन्याहरुले स्वागत गरेका थिए । साथै राजाको स्वागतमा गठन गरिएको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत समारोह समिति भक्तपुरका पदाधिकारीहरुले स्वागत गरेका थिए । साथै खौमा प्रवेशद्धारदेखि तलेजु प्रवेश गर्ने बाटोको दुवैतर्फका समर्थकहरुले झण्डा बोकेर स्वागत गरेका थिए । 
दरवारस्वायरस्थित स्वर्णगजुर ढोकाबाट प्रवेश गरी राजा तलेजु पुगेका थिए । उनले त्यहाँं दर्शन गरेका थिए । त्यहाँं पुनः उनी भक्तपुरका पाँंचतल्ले मन्दिर छेउको भैरबनाथ मन्दिरमा गएका थिए । त्यहाँं उनले बेताल र भैरबनाथको दर्शन गरेका थिए । त्यसपछि पुनः पाँंचतल्ले मन्दिरबाट क्वाछें हुँंदै दरवार क्षेत्रमा पुगेका थिए । त्यहाँंबाट उनी गाडी चढेर सल्लाघारीस्थित ग्रीनल्याण्ड होटेलमा पुगेका थिए । दिउँंसो तीन बजे भक्तपुर पुगेका उनी साढे चार बजेसम्म रहेका थिए । 
राजा दरवार स्क्वायरमा सवारी हुँंदा राजा आउ देश बचाउ भनेर नारा लगाइएको थियो । साथै राजतन्त्र जिन्दावाद नारा पनि लगाइएको थियो । साथसाथै लोकतन्त्र मुर्दाबाद पनि नारा गुन्जेको थियो । 
कार्यक्रम अनुसार राजाले ग्रीनल्याण्ड होटल सल्लाघारीमा सर्वसाधारणलाई दर्शन भेट दिएका थिए । होटेलमा भने सर्वसाधारणलाई प्रवेश निशेध थियो । त्यहाँं पहिला नै तय भएको नामावलीमा समावेश व्यक्तिहरुलाई मात्रै प्रवेश थियो । त्यसो भए पनि त्यहाँं पनि राजावादीहरु, राष्टिय प्रजातन्त्र पार्टीको नेता कार्यकर्ताहरुलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो । सिमितलाई मात्रै भेटघाट गर्ने भनिएपनि त्यहाँं सयौले पहिला नै पास लिएर दर्शनभेट पाएका थिए । पत्रकारलाई प्रवेश गराइए पनि राजाले पत्रकारसँंग कुराकानी गरेनन् । पत्रकारलाई पनि तस्वीर खिच्न र दर्शनभेट मात्रै दिए । पाँंचबजे ग्रीनल्याण्ड होटल पुगेर आधा घण्टा आराम गरी साढे पाँंच बजेबाट दर्शनभेट सुरु भएको थियो । यो क्रम साढे ६ बजेसम्म चलेको थियो । 
पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिका संयोजक धौभडेलले पूर्वराजाको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको बताए । 
समितिका सदस्य सचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनै पनि राजनीतिक एवं संगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे । पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति भकल्ने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने उनले जनाए ।

फाेटाेमा हेर्नुहाेस्...

जब भक्तपुरमा गुन्जियो लोकतन्त्र मुर्दाबाद !

Comments