‘अस्ताएको सूर्य भोलि फेरि उडाउने छ’


असोज ७, २०८०, आइतबार | दिउँसो ०१:४१ बजे | 30


‘अस्ताएको सूर्य भोलि फेरि उडाउने छ’

भक्तपुर । भक्तपुरको दरवार क्षेत्रमा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार सर्वसाधारणसँंग पनि भेटघाट गरेका छन् । उनले भक्तपुर घुमघामपछि भक्तपुरको सल्लाघारीस्थित ग्रीनल्याण्ड होटेलमा पुगेर सर्वसाधारणलाई भेटघाट गर्न दिएका हुन् । सर्वसाधारणलाई भनिए पनि पहिला नै नाम लेखाएकाहरुलाई मात्रै होटेलमा प्रवेश गर्न दिइएको थियो । 
राजासँंग भेटघाट गर्न पुगेका डा इन्दुल केसीले राजालाई भेट गरी आफूलले भक्तपुरबासीकोतर्फबाट स्वागत गरेको बताए । साथै आफूले राजालाई आज अस्ताएको सूर्य भोलि फेरि उडाउँंछ भनी बताएका थिए । 
राजासँंगट भेटघाटका लागि सयौं सर्वसाधाराण लाइनमा रहेका थिए । लहरै आएका सर्वसाधारणलाई राजाले वढीमा एकएक मिनेट भेट दिएका थिए । साढे पांँचदेखि सुरु भएको भेट साँझ झण्डै सात बजेसम्म चलेको थियो । यो क्रममा राजासँंग सयौले पालैपाले भेट गरेका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

‘अस्ताएको सूर्य भोलि फेरि उडाउने छ’

Comments