हरिगोपाल प्रधान फोटोपत्रकारिता सम्मान–२०७९ बाट सम्मान
असोज ७, २०८०, आइतबार | विहान ०४:५५ बजे | 60
काठमाडौं । गौरवमय इतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को २६ औं वार्षिक उत्सवका साथै सम्मान कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतो हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रुपमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार कार्की लगायत विविन्न संघ संस्थाबाट विविन्न बिशिष्ठ ब्यक्तिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । साथै फोटोपत्रकारिता क्षेत्रका विभिन्न पुरस्कारहरूका साथ तीन पटक वर्ल्ड बूक रिकर्ड होल्डर्स वरिष्ठ फोटोपत्रकार हरिगोपाल प्रधानद्रारा स्थापित पाँच विभिन्न विधाका हरिगोपाल प्रधान फोटोपत्रकारिता सम्मान–२०७९ बाट सम्मान गर्दै भव्यताका साथ सम्पन्न भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...