आज पूर्व राजा भक्तपुर आउने ः सर्वसाधारणसँंग पनि अन्तरक्रिया गर्ने
असोज ७, २०८०, आइतबार | विहान ०१:०७ बजे | 60
भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार (असोज ७ गते) भक्तपुर आउने भएका छन् । भक्तपुर दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न उनी भक्तपुर आउन लागेका हुन् ।
पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिका संयोजक धौभडेलले पूर्वराजाको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको बताए ।
समितिका सदस्य सचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनै पनि राजनीतिक एवं संगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे । पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति भकल्ने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने उनले जनाए । साथै सोही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारणलगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।