कटुञ्जे खानेपानी ः राजनीतिक दलीय गठबन्धन विजयी


असोज ७, २०८०, आइतबार | विहान ०१:०४ बजे | 60


कटुञ्जे खानेपानी ः राजनीतिक दलीय गठबन्धन विजयी

भक्तपुर । कटुञ्जे घटेखोला (लिफट) खानेपानी जलश्रोत समितिमा प्रकाशराज ढुंगेल अध्यक्ष रहेको प्यालन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टीको तीन दलीय सहमतिको प्यानल र स्वतन्त्र गरी दुईवटा प्यालनवीच प्रतिस्पर्धा भएको थियो । त्यस अनुसार कांग्रेसका प्रकाशराज ढुंगेलको नेतृत्वमा भएको राजनीतिक दलीय प्यानल विजयी भएको थियो । विपक्षीमा स्वतन्त्रबाट समितिका पूर्व अध्यक्ष श्रीकृष्ण बासु अध्यक्षका उम्मेदबार थिए । 

Comments