भक्तपुरमा आज मोटरसाइकल रयाली हुने


असोज ६, २०८०, शनिबार | विहान ०३:४५ बजे | 65


भक्तपुरमा आज मोटरसाइकल रयाली हुने

भक्तपुर । बेसहारा, पीडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ यही आउँदो आश्विन ११ गतेदेखि २७ गतेसम्म चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली (नालाछाप), भक्तपुरमा आयोजना हुनें भक्तपुर, चाँगुनारायण धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत पितृ मुक्ती विराट ज्ञान महायज्ञ – २०८० लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार गर्न आज शनिबार भक्तपुरमा मोटरसाइकल रयाली हुने भएको छ । रयाली विहान १० बजेबाट छोरीको घर ताथली भक्तपुरबाट सुरु हुने जनाइएको छ । रयालीमा सहभागी हुन चाहनेहरुले नाम, ठेगाना, मोबाइल नम्बर र मोटरसाइकल नम्बर उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरेको छ । 

Comments