भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत दोस्रो चरणको प्रतियोगिता Blossom Round सम्पन्न


असोज ५, २०८०, शुक्रबार | साँझ ०५:१६ बजे | 65


भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत दोस्रो चरणको प्रतियोगिता Blossom Round सम्पन्न

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार आजको चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १७ विद्यार्थीहरूले भाग लिएका थिए। करिब १२ बजे देखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गएका थिए । सो चरणमा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहनु भएको थियो। कार्यक्रममा साउण्ड पार्टनरका रूपमा भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, अनलाइन मिडिया पार्टनर एबिसिडी खबर तथा ज्ञानखबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल , क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको छ। आजको चरणबाट दस प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएका छन्। यस चरणको रेकर्ड लाइभ भने आइतबार साँझ प्रसारण हुने जानकारी प्राप्त भएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत दोस्रो चरणको प्रतियोगिता Blossom Round सम्पन्न

Comments