कसबाट भयो राष्टपतिमाथि यो अपमान ?


असोज ३, २०८०, बुधबार | विहान ०९:३३ बजे | 50


कसबाट भयो राष्टपतिमाथि यो अपमान ?

हिजो मंगलबार राष्टपति रामचन्द्र पौडेल भक्तपुर आउने कार्यक्रम तय भएको थियो । राष्टपतिको स्वागतमा सूर्यविनायक आकाशे पुलमा राष्टपतिज्यूलाई भक्तपुरमा स्वागत छ भनी ठूलो व्यानर टाँंगियो । तर यो व्यानरमा राष्टपतिको नाम अगाडि सम्माननीय शव्दमा सम्मा छोपिएर ननीय राष्टपति बनाइयो । यसरी राष्टपतिमाथि नै एक प्रकारको अपमानित गरियो । 
यो काम कसैबाट भएको छैन, बरु सरकारी तवरबाटै भयो । यो छोप्ने गरी सरकारले बुधबारदेखि सञ्चालन गर्ने सूर्यविनायक रत्नपार्क द्रुत मार्ग बस सञ्चालनको प्रचार सामाग्री थियो । बुधबार दिउँंसो भने राष्टपतिको स्वागतका व्यानर झिकिसकिएको छ ।
बाँंकी समाजिक सञ्जालबाट जस्ताको तस्तै 
यो बोर्ड राख्ने जो कोहिलाई तुरन्त कारवाहीको लागि गृह मन्त्रालयको ध्यानाकर्षण होस्
'सम्माननीय राष्ट्रपति' त रातारात 'ननीय राष्ट्रपति' पो भएछन्.......
लौह पुरुष स्व. गणेशमान सिंहको शालिक अनावरण गर्न हिजो कटुन्जे पुगेका सम्माननीय रास्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्दै लोकन्थलीदेखि पान्बडुजारसम्म अरनिको राजमार्गको आकाशेपुलमा राखेको स्वागत ब्यानर माथि सडक विभाग या द्रुत बस चलाउने निकायले यसरी द्रुत बस बिसौनीको सूचना प्लेट राखेछ | यो सरासर गलत र रास्ट्रप्रमुखमाथि गरेको अपमान हो | कि त्यो ब्यानर हटाएर बस बिसौनीको बोर्ड राख्नुपर्थ्यो | जानेर या नजानेर राखेको यो बस बिसौनीको सूचना बोर्ड तु हटाएर बोर्ड राख्नेलाई कारवाही होस् |
रास्ट्रपति रामचन्द्र पौडेलको स्वागतको लागि चुनदेवीमा राखेको स्वागत ब्यानर भक्तपुर जिल्ला समन्वय समितिका अधक्ष्य इश्वर थापा र सल्लाघारीमा संघीय सांसद दुर्लभ थापाले प्रायोजन गरेका थिए |
(फोटो सौजन्य :कैलाश कार्की ,कटुन्जे )

Comments