भक्तपुरमा सोमबार कहाँ कति संक्रमित (विवरणसहित)
असोज १२, २०७७, सोमबार | दिउँसो ०२:२१ बजे | 10
भक्तपुर । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले आज असोज १२ गते सोमबार भक्तपुर जिल्लामा ३६ जनामा कोरोना भाईरस संक्रमित बिरामी भएको पुष्टि गरेको भएता पनि ३७ जनाको नामावली प्राप्त भएको छ ।
ती संक्रमित बिरामीहरू भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा (३ पुरूष र ४महिला) गरि ७ जना, चाँगुनारायण नगरपालिकामा २ जना पुरूष, सुर्यबिनायक नगरपालिकामा (५पुरूष र ४ महिला) गरि ९जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, पोबु, गाखु, बोडे, सानोठिमी, राद्ये राद्ये, भुलाखेल, कुमाननी, सिद्धिकाली चोक लगायतका स्थानमा (६पुरूष र १०महिला) गरि १६जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरस्रोतले जनाएको छ । त्यसैगरी ३ जनासंग सम्पर्क जारी रहेको छ ।