पत्रकारिता गर्ने भए देश वुझ्नुस् ः सम्पादक वस्नेत
भदौ २९, २०८०, शुक्रबार | विहान ११:२१ बजे | 50
भक्तपुर । अनलाइन खवरका सम्पादक वसन्त वस्नेतले पत्रकारिता गर्ने भए देश वुझ्न सुझाएका छन् । आफू इलामेली भए पनि मधेशमा वसेर पत्रकारिता गरेको र मधेशकोबारेमा पुस्तकसमेत प्रकाशित गरेको उनले सम्झे । पत्रकारिता गर्ने इच्छा हुने विद्यार्थीहरुले अध्ययनमा जोड दिन उनले सुुझाए ।
ख्वप मावि देकोचा भक्तपुरका विद्यार्थीसँंग शुक्रबार उनले पत्रकारिता गर्नेहरुले कोर्सको कितावका साथसाथै अरु विषयको अध्ययन आवश्यक भएको बताए । पत्रकारिताहरुसँंग सामान्य ज्ञानको पनि उतिकै आवश्यक भएको उनको भनाई थियो ।
पत्रकारिता गर्न देश, समाज, राजनीतिलाई बुझ्नुपर्ने उनको भनाई थियो । त्यसकारण पत्रकारिता पेशामा आउन चाहनेले अरु विषयका विभिन्न पुस्तकहरुको अध्ययन गर्न उनले सुझाए ।
पत्रकारिता पेशा सेवाको पेशा भएको भन्दै उनले पत्रकारिता जिम्मेबार पेशा पनि भएको बताए । पत्रकारले रातिसम्म काम गर्नुपर्ने भनेर गुनासो गर्न नहुने उनको भनाई थियो । पत्रकारको काम नै विहान, बेलुका भन्न नपाइने पेशा हो, उनले भने, जसरी डाक्टर, नर्सले राति काम गर्दिन भन्न पाउँंदैनन्, त्यसरी नै पत्रकारले पनि दस टु पाचँं बजेमात्र काम गर्छु भन्न पाइँंदैन ।
पत्रकारितामा अगाडि वढ्ने भए भाषाको दक्षता पनि उतिकै हुनुपर्ने अनुभब उनले सुनाए । जसले जुन भाषामा पत्रकारित ागर्ने हो, उसले त्यस भाषामा दख्खल राख्नुपर्छ, उनले भने, नेपाली भाषामा गर्ने भए नेपाली, अंग्रेजी भाषामा गर्ने अंग्रेजी, नेवारी भाषामा गर्ने भए नेपाल भाषामा दख्खल हुनुपर्छ ।
पत्रकारिता पेशा चुनौतीको पेशा भएको अनुभबसमेत उनले साटे । त्यसकारण पत्रकारिता चुनौती र अवसर दुवै उतिकै भएको अनुभब उनले साटे ।
पत्रकारितासँंग सम्वन्धित एउटा पुस्तक पनि आफूले प्रकाशित गरेको स्मरण गर्दै उनले पत्रकारिता पेशामा प्रतिस्पर्धा पनि उतिकै हुने भएकाले पत्रकारिता इच्छा हुने व्यक्ति विशेष क्षमताको हुनुपर्ने खाँंचो औंल्याए ।
स्कुलका पत्रकारिताका विद्यार्थीले गरेको सैद्धान्तिक अध्ययनलाई व्यवहारिक रुपमा बुझन बुझाउन प्रत्येक शुक्रबार विद्यार्थीलाई आउट अफ बुकबारेको व्यवहारिक ज्ञान दिंदै आएको छ । यस क्रममा प्रत्येक शुक्रबार विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
फाेटाेमा हेर्नुहाेस्...