सिद्धार्थ सहकारीद्वारा बुबाहरु सम्मानित


भदौ २८, २०८०, बिहीबार | विहान ०८:५५ बजे | 70


सिद्धार्थ सहकारीद्वारा बुबाहरु सम्मानित

मध्यपुर थिमि- मध्यपुर थिमि नगरपालिका शंखधर चोक स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि द्वारा ६० वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सगुन,पोषण एबम् उपहार सहित सम्मान गरिएको छ। सहकरिविद कैलाश भक्त प्रधानाङ्गले उपहार प्रदान गर्दै जेष्ठ नागरिकको ज्ञान,सीप र अनुभवलाई नयाँ पुस्ताले अवलम्बन गर्नु पर्ने बताउनु भयो । सिद्धार्थ साकोस् का अध्यक्ष राजेश श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले आफ्ना ५० जना जेष्ठ पुरुष शेयर सदस्यहरूलाई सगुन,पोषण एबम उपहार सहित सम्मान गरेको जानकारी दिनु भयो। कार्यक्रममा चाणक्य कलेज का अध्यक्ष चन्दन कृष्ण श्रेष्ठ,संस्थाका उपाध्यक्ष इन्द्र कृष्ण श्रेष्ठ,शिक्षा उपसमिति संयोजक चन्द्र कृष्ण श्रेष्ठ,पूर्व अध्यक्ष रमेश श्रेष्ठ लगायतले सिद्धार्थ सहकारी को कार्यको प्रशंसा गर्दै जेष्ठ नागरिकको आशीर्वाद प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम सिद्धार्थ भवन थिमिमा भएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

सिद्धार्थ सहकारीद्वारा बुबाहरु सम्मानित

Comments