भक्तपुरमा पुगे अहिलेसम्मकै सम्भबतः सवैभन्दा पहिलो नेवार महिला सिडिओ
भदौ २५, २०८०, सोमबार | दिउँसो ०१:३३ बजे | 45
भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् । भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सक्षम उनको कार्यकालमा बिस्काः जात्रा कुनै मानवीय क्षती बिना शान्तिपूर्णरुपले सम्पन्न भएको थियो । सानोथिमीस्थित बालसुधार गृहमा रहेका बालबालिकाले भदौ ४ मा बिद्रोह गरि सुधार गृह ब्रेक गर्दा प्रजिअ रिजाल तनावमा परेका थिए । तर, उनको सबल नेतृत्वका कारण कुनै मानवीय क्षती बिना बिद्रोही २ सय ५० बालबालिकालाई सुधार गृहमा फर्काउन सफलता प्राप्त भएको थियो । गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।