भक्तपुर प्रहरी परिसरमा नयाँं एसपी


भदौ २५, २०८०, सोमबार | विहान ११:१४ बजे | 45


भक्तपुर प्रहरी परिसरमा नयाँं एसपी

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको विदाई भएको छ । परिसर भक्तपुरबाट सरुवा भई उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा सरुवा भएका हुन् । रवाना हुनु अघि उनले सोमबार स्थानीय पत्रकारहरुसँंग विदाई भेट गरेका थिए । भेटमा एसपी केसीले आफनो १३ महिना नौ दिन लामो बसाईकोबारेमा भएका उपलव्धीबारे चर्चा गरेका थिए । 
कार्यक्रममा नयाँं एसपीकोसमेत उपस्थिति रहेको थियो । नयाँं एसपीको रुपमा वेद विष्ट आएका हुन् । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौबाट सरुवा भई आएका हुन् ।   

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर प्रहरी परिसरमा नयाँं एसपी

Comments