आदर्शको दुर्घटना ः यस्तो भयो सरोकारवालावीचको मिलापत्र


भदौ २४, २०८०, आइतबार | दिउँसो ०३:२९ बजे | 30


आदर्शको दुर्घटना ः यस्तो भयो सरोकारवालावीचको मिलापत्र

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी भएको दुर्घटनाका सरोकावालाहरुवीच आइतबार मिलापत्र सहमति भएको छ । भक्तपुर प्रहरी परिसमा भएको तीनपक्षीय मिलापत्र भएको हो । मालबाहक गाडीको चालकलाई भवितव्यमा सिमित गरेर मृतकलाई गाडीवालाले क्षतिपूर्ति दिने, गल्ती नगरेको पक्ष जगातीबाट सूर्यविनायकतर्फ गइरहेको पक्षले घाइतेको उपचार र सवारीमा परेको क्षति नव्यहोरिने सहमति भएको जनाइएको छ ।
सहमतिले मालबाहक गाडीको चालकको गलत मनसायलाई संरक्षण दिएको अवस्था देखियो, जुन मानिस मृत्यु हुनुको मुल कारण थियो, दुर्घटनाका प्रत्यक्षदर्शी एकथरी मानिसको भनाई छ । यो सही या गलत थाहा भएन तर लोड भएको मालबाहक गाडी ब्रेक लगाउँदा लगाउँदै करिव दस मिटर अगाडि बढेको भन्ने बिषय पट्याउन लायकको भएको छैन । त्यति गतीमा राति सवारीको चाप बढ्ने समयमा घुम्ती नजिक सम्भावना कम देख्छौ । यसमा गहण खोजी र अनुसन्धान जरूरी महसुस गरेका छौं, उनीहरुको भनाई छ ।

Comments