भक्तपुरका चोकचोकमा आज सार्वजनिक गाडीको दुरुपयोग रोक्दै युवा
भदौ २३, २०८०, शनिबार | विहान ०१:५० बजे | 25
भक्तपुर – नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडिलाई प्रहरीलाई बुझाउने भएको छ ।
आज शनिवार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने बताएको छ ।
युवा सङ्घ नेपाल भक्तपुर जिल्लाका अध्यक्ष रबिन थापाले शनिवार भक्तपुरका चोक चोकमा युवाहरू स्वतःस्फूर्त रूपमा परिचालित हुने र पास बिना चलेका सरकारी गाडीलाई प्रहरीमा बुझाउने जानकारी दिनुभयो ।
बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको अध्यक्ष थापाले बताउनुभयो ।
साथै उहाँले सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा सङ्घ नेपालका नगर अध्यक्षसँग समन्वय गर्न पनि अनुरोध गर्नुभएको छ ।
युवा सङ्घले भक्तपुरले मध्यपुरमा जेनेश रञ्जित, सूर्य विनायकमा सैलेश बुढाथोकी, चाँगुनारायणमा सबिन तिमिलसिना र भक्तपुरमा अनिल लवाङलाई जिम्मेवारी तोकेको छ ।