कोभिड १९
असोज ११, २०७७, आइतबार | दिउँसो ०२:५६ बजे | 30
रामकृष्ण प्रजापति
कोभिड १९ अहिले विश्व महामारीको रुपमा फैलिएको छ । दशौं लाख मानिसको मृत्यु भई सकेको छ भने संक्रमित संख्या करोडौं छ । यस्तो अवस्थामा सबै संयमित र सचेत बन्नु पर्ने अवस्था हो । हुलमुलमा जीउ जोगाउनु अनिकालमा विउ जोगाउनु भने जस्तै अहिलेको कोभिड १९ को महामारीमा विश्व स्वास्थ्य संगठनले भनेको मापदण्ड सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले हात मिचिमिचि धुने वा गुणस्तरीय सानिटाईजर लगाउने कार्यले धेरै हदसम्म बच्न सक्ने बताए अनुसार सुरक्षित बस्नु पर्ने समय हो । तर देशमा खुल्ला सीमाका कारण देशमा काम नपाएर बेरोजगारहरु खान नपाएर मर्नु भन्दा रोगले मर्नु जाति भनेर भारतमा कामको लागि गएको देखिन्छ भने रोग बोकेर फर्केकाहरुलाई पनि विना चेकजाँच भित्र्याइरहेको छ । यसले देशमा कोभिड १९ को भयावह स्थिति आउनेमा कुनै शंका छैन भने यहाँ जनताहरु पनि कोहीं कोहीं आफुलाई जाने बुभ्mने भन्नेहरु नै कन्ट्राक्ट ट्रेसिङमा बाहिर निस्कने, कोभिड १९ पोजेटिभ देखिएका नेपाली सेनाका भनेका खुलमखुल्ला बाहिर आएर मोटरसाइकलबाट व्यारेक जाने र घर परिवारकाहरु पसल खोलेर बाहिर हिडिरहनेले गर्दा छरछिमेकी सबै डरायो ।
छिमेकीहरुले संक्रमितलाई सुरक्षित रहनको लागि अनुरोध गर्दा उल्टै झगडा गर्न आएकोले जनप्रतिनिधिलाई छिमेकीहरुले फोन गर्छ तर जनप्रतिनिधिहरुले सम्झाउँदा पनि नसम्झेपछि छिमेकीहरुले प्रहरीलाई फोन गर्दा प्रहरीले उल्टै यो काम वडा कार्यालयको हो भनि पन्छिन्छ ।
संक्रमित परिवार भएर छिमेकीको कुरालाई शंका गर्ने साथै छिमेकीहरुलाई विश्वास नगर्ने तर संसारमा कोहीं पनि मानिस शुद्ध नभएको छिमेकीहरु पनि चिनेका छौं भन्नुभयो । त्यसपछि छिमेकीले भन्ने छिमेकीहरुलाई चिन्नु पर्देन पहिला आफुले आफुलाई चिन अनि धेरै झन्झट, समस्या र रोगबाट मुक्त हुनसक्छौं । एक दिन संक्रमित परिवारको जिद्दी, घमण्डी र शंकाले देश बर्वाद तर्फ धकेलिन्छ भने छिमेकीहरुमा चिन्ताको विषय बन्यो । यसले देशै वर्वाद हुने र हामी नेपालीहरु कहींका पनि रहँदैनौँ । तर संक्रमित परिवारले यस्तो सहारा तिमी जस्तो कमजोर छिमेकीको लागि मात्र आवश्यक पर्छ होला हामी जस्तालाई आवश्यक छैन् भन्यो । त्यसैले हामीले जनतालाई संस्कार र संस्कृति सहितको आर्दश समाज बनाउन सके मात्र कोभिड १९ माथि विजय हासिल गर्न सक्छ । यसको लागि समाजवादी सोच आवश्यक छ र समाजवादी व्यवस्था भएको देश चीन, क्युवा, प्रजग कोरियामा कोभिड १९ समयमै नियन्त्रण गरेको अहिलेको स्थितिले देखाउँछ ।
समाजवादी सोचले काम गरेको चीन कोभिड १९ तुरुन्त नियन्त्रण भयो भने नाफाघाटाको सोचले काम गर्ने पूँजीवादी व्यवस्था भएको देश अमेरिका, भारत, ब्राजिल र युरोपेली मुलुकमा भयावह स्थितिमा रहेको छ भने अहिलेसम्म पनि नियन्त्रण बाहिर रहेको देखाउँछ बेलैमा बुद्धि पु¥याओस् भने छिमेकीहरुको चाहना छ । धन्यवाद !