अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट


भदौ १५, २०८०, शुक्रबार | दिउँसो ०१:०८ बजे | 55


अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सँग कर्णाली प्रदेशका प्रमुख तिलक परियारले भेट गर्नुभयो ।
भेटको क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पार्टी नीतिलाई व्यवहारमा लागू गरिरहेको बताउनुभयो । 
उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरिरहेको उल्लेख गर्दै अन्य पालिकाले पनि आ–आफ्नो क्षेत्रको विकास गर्न सके जनतालाई फाइदा हुने विचार व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख परियारले भक्तपुर नगरपालिकाले गरिरहेको कामबाट आफू प्रभावित भएको बताउनुभएको थियो । 
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टी नीति र निर्देशनमा भक्तपुरमा समाजवादका आधारहरु निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिष्ट पार्टीका धेरै सदस्यहरु निर्वाचित  भएका छन्, तर कम्युनिष्ट सिद्धान्त र विचारअनुसार काम हुन सकेको छैन भन्नुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालगायतको उपस्थिति रहेको थियो । 
नगर प्रमुख प्रजापतिले प्रदेश प्रमुख परियारलाई मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
प्रदेश प्रमुख परियारले भक्तपुरको दरबार क्षेत्र र टौमढीस्थित सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुका साथै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको समेत अवलोकन गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट
अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट

Comments