काठमाडौं महानगरपालिकाका यी सडकहरुमा आज सवारीसाधन चलाउन रोके


भदौ १५, २०८०, शुक्रबार | दिउँसो १२:५८ बजे | 80


काठमाडौं महानगरपालिकाका यी सडकहरुमा आज सवारीसाधन चलाउन रोके

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको छ । आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले यसअघि नै जनाइसकेका छन्। असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल जनबाहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेका थिए। हिजो जनैपूर्णिमासंगै गाईजात्रा (सापारु) पनि मनाईएको थियो। भने आजपनि दिवंगत भएका आफन्तहरूको सम्झना स्वरूप गाईजात्रा सापारु मनाएको दृश्य बिहानैदेखि घुइँचो दिख्न सकिन्छ। काठमाडौ महानगरको १८औं कसिंगर मुक्त समाजबाट र मछिन्द्र क्लबको आयोजकमा हिजोदेखि मछिन्द्र क्र्यूका रोभर रेन्जरहरूले जुस,पिउनेपानीमा सर्भिस गरेको थियो भने बालकुमारी खेल मण्डललेहिजै पिउने पानी सर्भिस गरेका थिए।साथमा चाहना पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर प्रा.लि बाट स्वास्थ्य शिविर ठाउँ ठाउँमा सर्भिस गरेका छन्।

Comments