आज भक्तपुरको गाईजात्रा हेर्न आउँंदै हुनुहुन्छ ? यहाँंयहाँं छन् पार्किग (सूचनासहित)
भदौ १४, २०८०, बिहीबार | विहान ०३:५१ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिकाले जनैपूर्णिमा र गाईजात्रा पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध गरेको छ । साथै, नगर प्रवेश गर्ने चारैतिरका १६ स्थानहरुमा सवारीसाधन पार्किङ तोकेको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक, ख्वप मिनिबस सेवा समिति, ख्वप अस्पतालका प्रतिनिधिको सहभागितामा बसेको बैठकले नगरको विभिन्न वडाहरूमा पार्किङस्थलको व्यवस्था गरेको हो । बैठकले सिद्धपोखरीको दक्षिणी भाग, भक्तपुर क्यान्सर अस्पताल अगाडिको पार्किङ स्थल, नःपुखुको दक्षिण÷पश्चिमतिरको खुल्ला क्षेत्र, देको, मिवा, इतापाके आवास क्षेत्रका सडकहरु, ब्यासी पर्यटक बस पार्क, ब्यासीबाट कालीघाट जाने सडकको एक छेउ, देकोचा (ख्वप कलेजका गाडीहरु पार्किङ गर्ने ठाउ), कमलविनायक सरस्वती विद्यागृह प्राविको चौरको पार्किङ क्षेत्र, च्याम्हासिंहदेखि पसिखेल सडकको एक छेउ, महेश्वरी खेल मैदान, परोपकार केन्द्र परिसर (हनुमानघाट), भेलुखेल, ल्योसिंख्य, राममन्दिर पुलसंगै खोला किनारा, बाराही पुलस“गै खोला किनारा र भार्वाचो बसपार्क गरी १६ वटा स्थानहरुमा पार्किङस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै बैठकले गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न भदौ १३ गते बुधबारदेखि २० गतेसम्म प्रदर्शन हुने परम्परागत र आधुनिक सास्कृतिक विधाहरुको प्रस्तुत हुने स्थानहरु र मूल्याकंन स्थलहरुमा आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्ने निर्णय ग¥यो । गुन्हीपुन्ही सापारुको मुख्य दिन बिहीबार भदौ १४ गते प्रदक्षिणा मार्गको सबै वडाहरुमा र परम्परागत र आधुनिक सास्कृतिक विधाहरुको मूल्याकंन स्थलहरुमा आवश्यक प्राथमिक स्वास्थ्य उपचार सेवा केन्द्रले व्यवस्था गर्ने निर्णय गर्नुका साथै गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न प्रदक्षिणा मार्गका साथै सम्पूर्ण प्रदर्शनी स्थलहरुमा आवश्यक सरसफाईको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...