गीतिएल्बम हिमाली सुस्केराको विमोचन तथा सार्वजनिक
भदौ १३, २०८०, बुधबार | विहान ०७:२८ बजे | 70
नविना श्रेष्ठ
हिमाली लामाको पहिलो प्रस्तुति गीतिएल्बम हिमाली सुस्केरा
Mount vibes मा संगीतकार टिका बोम्जन, रचनाकार आफ्नै काका सुरेदम तामाङको एकल रचनामा एल्बम तयार भई आफ्नै स्कुलको प्राङ्गणमा भाद्र ११ गते एक कार्यक्रम गरीअक्सिजनको साहारामा बाँचिरहेकी आफ्नी आमाको हातबाट विमोचन तथा सार्वजनिक गरेको छ।
हिमाली सुस्केरा एल्बम विमोचन तथा सार्जनिक कार्यक्रममा हिमाली लामाको आफ्नै आमाको सभापतित्वमा कार्यक्रम गरेका थिए।भने प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्र नं ५ का सभापति संसद श्याम बहादुर खड्का, विशिष्ट अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर मुररी तामाङ, ७ वडाका वडा अध्यक्ष नरोत्तम राना लगायत गीतसंगीत क्षेत्रमा रहनुभएका उच्च व्यक्तित्वहरू रहेको थियो।
विगत दुई वर्षदेखि संगीतमा अध्ययन गर्दै आएकी हिमाली लामा लामो समयसंगै ६ वटा गीतहरू संग्रहपछि अहिले हिमाली सुस्केरा विमोचन तथा सार्वजनिक गरेको हो। यो गीति एल्बमलाई सार्वजनिक भने अक्सिजनको साहरामा बाँचिरहेकी आफ्नी आमाको हातबाट विमोचन तथा सार्जजनिक गरेको थियो। हिमाली लामाको जन्मपछि दुई वर्षको उमेरबाट उहाँको दायाँ हात नचल्ने भएको छ। आफू शारीरिक हिसाबले एक हात कमजोर भएतापनि हिमालीले आफ्नो प्रतिभालाई कहिल्यै कमजोर सम्झिन, सानैदेखि रेडियोमा बजेको गीत सँगसँगै आफुपनि गुनगुनाएर बसेकी हिमाली आजको यो समयमा आफ्नो प्रतिभा संसारलाई चकित पार्दै गीति एल्बम हिमाली सुस्केरा विमोचन तथा सार्वजनिक गर्न सफल भएकी छिन्।
संगीतको त्रिवेणी भनेर चिनिने कालझै सर्जक गोपाल योन्जन, राष्ट्रियगान सर्जक अमर गुरुङ समेतको संगीतको संस्कार पाएको अनुभव बताउँछिन्। आफ्नो परिवारको साथ सहयोग प्रेरणाले गर्दा आज हिमाली किले एल्बम विमोचन तथा सार्वजनिक गर्न सफल भएको बताए। २०४५ सालदेखि रचनाकारको रुपमा कलम चलाइन आउनुभएको र ५० वटाभन्दा बेसि सुगम संगीत नेपाली संगीतमा योगदान दिइसक्नुभएको सुरेदम तामाङको प्रायः एकल रचनामा एल्बम तयार भएको उनी बताउँछिन्।
उहाँका दिदि तारा लामाले कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत मन्तव्य राख्दा वहाँ विगतका कुरा सम्झेर भावुक भए पछी एकछिन त कार्यक्रम स्तब्ध नै भयो, सबैका आँखा रसायो। र उहाँले भन्नुभयो यो खुशीको आशु भन्दै सबैलाई हँसाउनु भयो। यसै सिलसिलामा कार्यक्रममा आफ्नो दुईवटा गीत प्रस्तुत गरी सबैलाई रमाइलो गर्दै नचल्दै मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा हिमाली लामालाई अझ साथ सहयोग प्रेरणा दिन गीतकार रचनाकार, सङ्गीतकार, उहाँका शिक्षक, गित सङ्गीत प्रेमीहरुको उपस्थिति रहेको थियो।
फाेटाेमा हेर्नुहाेस्...