छालिङमा प्रहरी चौकी स्थापना गरी सञ्चालनमा
भदौ १०, २०८०, आइतबार | दिउँसो १२:४८ बजे | 55
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छालिङस्थित वडा कार्यालयको पुरानो साढे १ तले पक्की भवनमा आइतबार प्रभाग चौकी छालिङको कार्य स्थापना गरी संचालन कार्य शुरु भएको छ । उक्त कार्यालयको समुदघाटन भक्तपुर जिल्ला प्रहरी परिसर प्रमुख प्र.उ. प्रजित के.सीले गर्नु भयो । उक्त कार्यालयमा प्र.स.नि. भुपेन्द्र भारतीको कमाण्डमा १ जना प्र.ब.ह. १ जना प्र.ह. १ जना प्र.स.ह. र ३ जना प्र.ज गरी ७ जनाको संख्यामा रहेको जनाइएको छ । उक्त स्थान परिसर भक्तपुरबाट ७ कि.मि पूर्बमा पर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...