डोलेश्वरमा टंगाल युवा समूहको नि: शुल्क चियापान
भदौ १०, २०८०, आइतबार | विहान ०५:३१ बजे | 425
नविना श्रेष्ठ डोलेश्वर केदारनाथको महादेवको मन्दिरमा टंगाल युवा समूहद्धारा आयोजित नि: शुल्क चियापान कार्यक्रम सम्पन्न भएको छ। डोलेश्वर मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालित श्रावणी मेला समापन भएसँगै टंगाल युवा समूहले मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण भक्तजनहरुलाई निःशुल्क चियापान कार्यक्रम गरेको टंगाल युवा समूहका युवा नेतृत्व निरज महर्जनले जानकारी दिनुभयो। डोलेश्वरलाई केदारनाथको शिरोभाग घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनहरुलाई सो शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाइएको थियो। डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरमा चाँडै ढोका खुल्ला राख्नुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको महर्जनले बताए। परापूर्वकालमा डोलेश्वर महादेवको दर्शन गर्न महाभारतकालीन पाण्डवहरु आएका थिए,भन्ने कथन छ। धार्मिक दृष्टिकोणले निकै पवित्र र महत्त्वपूर्ण तीर्थस्थलको रुपमा डोलेश्वर महादेव रहेपनि राष्ट्रिय प्रचार प्रसारको अभावले गर्दा राजधानीबाट नजिकै भइरहेपनि यसअघि त्यति चर्चा पाउन सकेको थिएन। भने केदारनाथको शिर पत्ता लागि सकेपछि विधिवत् घोषणा भएको दिन बुधवार भक्तपुरको सिपाडोल स्थित डोलेश्वर महादेव मन्दिर परिसरमा भीड लाग्ने गरेको पाइन्छ। डोलेश्वर महादेव मन्दिरमा मागेको र आफूले चिताएको कुरा पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ। प्रत्येक महिनाको सोमबारको दिन उतिकै भीड लाग्ने गरिन्छ।
फाेटाेमा हेर्नुहाेस्...