पुस्तकालय भन्नेको अध्यारो ठाँउमा बत्ती हो
भदौ ९, २०८०, शनिबार | विहान ०९:०५ बजे | 60
भक्तपुर कासन ब्यासी,२०८० भाद्र ९ गते शनिबार विहान ८ः०० बजेको कार्यक्रम
भक्तपुर । कालीघाट पुस्तकालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिीय सदस्य एवं वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा कालीघाट पुस्तकालयबारे स्थानियलाई जानकारी दिने तथा २०४५ सालको भक्तपुर काण्ड संस्मरण तथा भत्सर्ना कार्य सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईले आजको मठ मन्दिर हाम्रा पवित्र ठाँउ हो । नयाँ पुस्ताका लागि पुस्तकालय पनि पवित्र स्थल हो । हामीसँग पुस्तकालय नरहे हेरक क्षेत्रमा पछि पर्छ । पुस्तकालय भन्नेको अध्यारो ठाँउमा बत्ती हो । भजनको साथै पुस्तकालय पनि सँगै हुनु समाज विकासको एक चरण हो । नयाँ पुस्ताले पुस्तकालयमा अध्ययन गर्छ । परानो पुस्ताले भजन गाउनु राम्रो हो ।
उहाँले नेमकिपाका अग्रजहरुले जनताको राजनैतिक र चेतनास्तर विकास गर्न आज भन्दा ५०÷६० बर्ष पहिले प्रत्येक टोलमा विद्यालय र पुस्तकालय स्थापना गरे । प्रत्येक पाटी पौवामा पत्रपत्रिका राखि वाचनालय सञ्चालन गरेका थियो । भक्तपुरको शिक्षास्तर मात्र विकास गर्न नभई नेमकिपाका दई तीन पुस्ताका अग्रज र कार्यकर्ताहरु जहाँ जहाँ गए त्यहाँ त्यहाँ विद्यालय र पुस्तकालय स्थापना गरे चाहे दुर्गम होस वा सुगम होस ।
उहाँले भक्तपुरमा शिक्षामा क्रान्तिको शुरुवात भएको छ ।भक्तपुरमा शिक्षामा क्रान्ति विना बन्दुकले भएको छ । ख्वप सर्कलमा देशै भरका विद्यार्थीहरु अध्ययनरत रहेका छन् । नेपाल मजदुर किसान पार्टीको निीत अनुसार १०÷१२ बर्षदेखि ख्वप विश्वविद्यालय स्थापना गर्न अगुवाई गरिरहेको छ । विश्व विद्यालय भन्नेको संसारका कुनै पनि मान्छे अध्ययन गर्न विचार विमर्श एवं अनुसन्धान गर्ने आउने थलो हो । ख्वप विश्वविद्याँलय स्थापना भए सबै विषयको अलावा भक्तपुरका बाजा गाजा नाचगान , नेपाल भाषा, यहाँका मन्दिर चैत्यबारे रिसर्च गरी संसारका विद्यार्थीहरुलाई बताउने भन्नुभयो ।
उहाँले नाचगानको प्रशिक्षक र गुरुहरुलाई मास्टर डिग्रीको तहमा दर्ज गराउनुको साथै जीवन निर्वाह भत्ता पनि बन्दोवस्त गर्नुपर्छ भन्नुभयो ।एमाले र माओबादीहरुले विश्व विद्यालय आउन नदिएको उनीहरुको बोलीमा ठिक भन्छन भित्र भित्र ख्वप विश्व विद्यालय रोक्न अन्यक तानाबाना र षडयन्त्र गर्छन भन्नुभयो । नेमकिपाका कार्यकर्ताहरुले किसान मजदुर महिला दिदी बहिनीहरुलाई प्रौढ कक्षा सञ्चालन गरी जनताको राजनैतिकस्तर उकास्ने कार्य गरेकोले पचायत ब्यवस्थाका मतियारहरुले तिरमिराएर भक्तपुर काण्डको षडयन्त्र रचेको हो ।
उहाँले पचायत कालमा नेमकिपाका कार्यकर्ताहरु चितवनको चेपांग बस्तीमा गई संंगठन गरेर शोषक सामान्तको विरोधमा सघर्ष गरी उनीहरुका भकारी फोरी गरिबलाई धान बाडेको थियो । दुर्गम कर्णालीमा गई मान्छे नगन्ने जुम्ला हुम्लामा मान्छे माझ संगठन विस्तार गरी राजनैतिक चेतना विउ छरृेको कारण पंचायती ब्यवस्थाले नेमकिपालाई समूल नष्ट गर्न भक्तपुर काण्डको षडयन्त्र मचाएको हो ।
उहाँले साम्राज्यबादी अमेरिका युद्ध पिपाशु हुन । संसारमा राक्षस वा दानव भन्नेकै अमेरिका साम्राज्यबाद हो । अमेरिकाले विभिन्न देशमा गई धेरै मान्छेको हत्या गरेको छ । नेमकिपाले अहिले नयाँ पुस्तालाई भक्तपुर काण्डबारे जानकारी एवं सचेत गर्न नेमकिपाको संगठन भएको हरेक जिल्लामा भक्तपुर काण्ड भत्सर्ना कार्यक्रम आयोजना गरिरहेको छ भन्नुभयो ।
कार्यक्रमका अर्का अतिथि भक्तपुर नगरपालिका २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले कालीघाटमा भक्तपुर नगरपालिकाले शौचालय, भुमिगत ट्याङकी निर्माण गर्न बजेट बन्दोबस्त गरेको थियो । कालीघाट पुस्तकालयमा पुस्तक खरिद गर्न नगरपालिका आर्थिक सहयोग गरेको छ ।कालीघाट सत्तल र कालीघाट पुस्तकालय नजीकै देको मिबा इतापाखे आवस योजनाको खुल्ला क्षेत्र रहेकाले यस ठाँउको अझ महत्व हुन्छ । कामदार बर्गका जनताको हितमा कार्य गरेकोले पंचायती ब्यवस्थाका शासकहरुले षडयन्त्र गरी नेमकिपालाई समुल नष्ट गर्न खोज्यो । २०४५ सालको भक्तपुर काण्डमा भक्तपुर ब्यासीका जनताले पनि दुःख पाएको र पक्राउमा परेको छ । नेमकिपाले भक्तपुरमा किसान आन्दोलनको नेतृत्व गरेको र जनमत संग्रहमा नेमकिपाले बहुदल पक्षमा प्रचार गरि बहुदल पक्षले जितेकोले पंचायत ब्यवस्थाका मतियारहरुले नेमकिपालाई नष्ट गर्ने सोचले भाद्र ९ गतेको कालो दिन भक्तपुर काण्ड रचेका हुन भन्नुभयो ।
अर्का अतिथि कालीघाट संरक्षण समिति तथा कालीघाट पुस्तकालयका पदेन सदस्य शिक्षासेवी बालमुकुन्द बासुकलाले पुस्तकालय जिवनको महत्वपूर्ण बस्तु हो ।पुस्तकालयले विश्वमा घटेको महत्वपूर्ण घटनाक्रमको जानकारी दिन्छ । स्थानियलाई थप शिक्षाप्रद बनाउन कालीघाट पुस्तकालय खोल्ने योजनानुसार कार्य अघि बढेको हो । भक्तपुरका जनतालाई दुःख दिने कुनियतले २०४५ सालमा पंचायती ब्यवस्थाले भक्तपुर काण्ड रचेको हो भन्नुभयो ।
शिक्षाविद बिश्वमोहन जोशीले पृध्वीनारायण शाहले काठमाण्डौ आक्रमण गरेपछि पहिला पुस्तकालय ध्वस्त गरेको थियो ,। भक्तपुरमा मलकालदेखि नै पुस्तकालयको शुरुवात भएको हो । १९८६ देखि १९८८ सम्म राणाकालमा पुस्तकालय स्थापना गर्न खोज्दा संस्थापकहरुलाई त्यसबेलाको रु एक सय जरिवाना तिराएको थियो । त्यसबेला पनि जनताले पुस्तकालय खोल्न साहस गरेका थिए । कालीघाट सत्तल निर्माणमा विभिन्न ब्यक्तित्वहरुको योगदान रहेको छ । सत्तल र पुस्तकालयको महत्वबारे स्थानियसँय सहकार्य गर्दै अघि जानुपर्छ भन्नुभयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार लघुले पुस्तकालयको बर्तमान अवस्था श्रोत साधन बारे जानकारी दिंदै पुस्तकालयको थप विकासमा सबैका साथ सहयोग निरन्तर प्राप्त गर्ने हुनेछ । कालीघाट पुस्तकालयलाई इ–लाइबेरीको रुपमा विकास गर्ने सोच रहेको छ । गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गराउन कालीघाट पुस्तकालयको नाममा अक्षय कोष स्थापना गर्ने कार्य जारी छ । नेपाल मजदुर किसान पार्टीको योजनानुसार जनतालाई बुद्धिजीविकरण गर्ने र तल्लो वर्गलाई कामदारबर्गको रुपमा रुपान्तरण गर्ने सोचबाट डराएर पंचायती ब्यवस्थाले, असफल भक्तपुर काण्ड रचि भक्तपुरका जनता र नेमकिपाका कार्यकर्तार्ला दुःख दिएको हो भन्नुभयो ।
स्थानिय समाजसेवी गणेशप्रसाद सुवालले समाज परिवर्तनको लागि पुस्तकालयमा गई अध्ययन गर्न आवश्यक छ । भक्तपुरमा शिक्षाको जागरण आएकोले राजनैतिक सचेतता आएको हो । भक्तपुर काण्डलाई चकनाचुर पार्न प्रौढ कक्षामा अध्ययन गर्ने नेपाल क्रान्तिकारी महिला संघका महिला दिदी बहिनीहरुको सक्रियता र योगदान रहेकोछ भन्नुभयो ।
कालीघाट पुस्तकाल क्रियाकलाप र स्तरीकरणबारे स्थानियलाई जानकारी दिन र २०४५ सालमा रचेको भक्तपुर काण्ड भत्सर्ना गर्न आयोजित कार्यक्रममा पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल,कोषाध्यक्ष पुण्यराम बासुकला, सदस्य रत्नलाल कैटीले पुस्तकालयको महत्व ,विकास विस्तार बारे चर्चा गर्दै असफल २०४५ सालको भक्तपुर काण्डको भत्सर्ना गर्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...