आज भाद्र ९ ः के हो भक्तपुर काण्ड ?
भदौ ९, २०८०, शनिबार | विहान ०३:५६ बजे | 110
भक्तपुर । आज भाद्र ९ अर्थात् भक्तपुर काण्डको स्मरणमा विभिन्न ठाउँंहरुमा विरोध तथा भत्सर्ना कायक्रम हुने भएका छन् । मुख्य कार्यक्रमको रुपमा नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरकै मध्यपुर थिमिमा कार्यक्रम हुँदै छ । यसअघि केहीदिन अगाडिदेखि नै यहाँं यो काण्डको स्मरण अनि विरोधमा विभिन्न कार्यक्रमहरु हुँंदै आएका छन् ।
भक्तपुर काण्ड २०४५ सालको महाभूकम्पपछिको घटना हो । तत्कालिन भक्तपुर पञ्चायतका सदस्य कर्णप्रसाद ह्योजूको मृत्युको घटनासँंग यो काण्ड गाँंसिएको छ । भूकम्पपीडितलाई राहत बाँंडने क्रममा ढाँंडली भएको भन्दै उतेजित भीडले ह्योजूमाथि कुटपिट भएको थियो । त्यसपछि उनको उपचारका लागि वीर अस्पताल पुरयाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको थियो ।
मृत्युपछि तत्कालिन नेपाल मजदुर किसान संगठनका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहित) लगायतका ५७ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको थियो । यस क्रममा भक्तपुरभरि राज्य आतंक मच्चाइएको थियो । तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह स्वयम नै उपस्थित भएर रोहितलगायतलाई फाँंसी दिन माग गर्दै जुलुश निकालिएको थियो ।
पछि २०४६ सालको सफल जनआन्दोलनसँंगै पक्राउ परेका नेता कार्यकर्ताहरु निर्दाेष भएको भन्दै रिहा गरिएको थियो । यही घटनाको विरोध र भत्सर्नास्वरुप प्रत्येक वर्ष भाद्र ९ ला भक्तपुर काण्डको रुपमा स्मरण गरिदै आएको छ । यसलाई नेमकिपा पार्टीले पार्टीलाई समुल नष्ट गर्न गरिएको राज्यस्तरको आतंक भन्दै आएको छ ।