शिक्षकहरूद्वारा भक्तपुर काण्डकाे विरोध तथा भत्सर्ना


भदौ ८, २०८०, शुक्रबार | दिउँसो ०३:१९ बजे | 75


शिक्षकहरूद्वारा भक्तपुर काण्डकाे विरोध तथा भत्सर्ना

भक्तपुर, भदौ ८ । नेपाल क्रान्तिकारी शिक्षक संघकाे आयोजनामा शुक्रबार भक्तपुर काण्डकाे विरोध तथा भत्सर्ना गरिएको छ । कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेशका सांसद तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले अरूले लेखिएको इतिहास अध्ययन गर्दा आफ्नो वास्तविकता र यथार्थ लुक्ने बताउँदै सावधानीपूर्वक विगतका घटनाबाट बच्न विश्वमा भएका क्रान्तिका विभिन्न चरणहरूलाई अहिलेको अवस्थामा फरक स्वरुप र प्रकृतिले पुनः परिवर्तनलाई राेक्न राज्यसत्ता लाग्ने बताउनुभयो । उहाँले पञ्चायती व्यवस्थामा भएको निर्वाचनमा पञ्चायती व्यवस्था कै विरुद्ध नेमकिपा एक्लैले भाग लिएर जनताको आधारबाट भक्तपुरमा पाएको स्पस्ट बहुमत कारण अहिलेका शासक दलहरू, भारत तथा राज दरबारले नेमकिपालाई नष्ट गर्न नसकेको बताउँदै भक्तपुरमा भएको शैक्षिक क्रान्तिले ख्वप विश्व विद्यालय संचालन भएमा नयाँ परिवर्तन हुने देखिएर शासक दलहरू आफ्नो दबदबा कायम राख्न विश्वविद्यालय संचालनमा ढिलाइ गरेको चर्चा गर्नुभयो । उहाँले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ पत्रकार गोविन्द विरोगी लगायत ऋषिकेश शाह तथा सिन्धुनाथ प्याकुरेलले नेमकिपाका विचारलाई जीवन्त राख्न सहयोगी भूमिका निभाएको बताउँदै नेमकिपाका नेता तथा कार्यकर्ताको इमानदारीपूर्वक पञ्चायती व्यवस्था प्रवेश गरेर जनताको लागि गरेका जनपक्षीय र भूमिगत रूपमा गरेका कामहरूको स्मरण गर्नुभयो । सोही कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले इमान र सत्यको बाटोमा नठाकिकन सेवा नै शत्रुको लागि खतराको रूप दिएर आफ्नो पहिचान कायम गर्न सकिने बताउँदै वाक स्वतन्त्रतालाई वञ्चित गरेको पञ्चायती व्यवस्थामा युवाहरू भूमिगत तथा महिला तथा जेष्ठ नागरिकले सामाजिक तथा राजनीतिक व्यवस्थाको विरुद्ध संघर्ष गरेको बताउनुभयो । नेपाल क्रान्तिकारी शिक्षक भक्तपुरका अध्यक्ष गणेशराम धुसाको सभापतित्वमा भएको उक्त कार्यक्रम सुरेश बखुन्छेँ लगायत राजन लाखा समेतले बोलेका थिए ।

Comments