यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)


असोज १०, २०७७, शनिबार | दिउँसो ०२:०८ बजे | 105


भक्तपुर । शनिवार भक्तपुर जिल्लामा ६३ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको भएता पनि भक्तपुर स्वास्थ्य कार्यालयमा ६१ जनाको नामावली प्राप्त भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार मध्यपुर थिमिको गठ्ठाघर, सागवारि, नयाथिमि, बोडे, पोबु, कौशल्टार, चारदोबाटो, सानोथिमि, चपाचो लगायतमा (७ पुरूषर५ महिला) गरि १२ जना, भक्तपुर नपामा (१३पुरूष र११ महिला) गरि २४ जना, चाँगु नपामा (३ पुरूषर ३ महिला) गरि ६ जना, सुर्यबिनायक नपामा (७ पुरूष र६ महिला) गरि १३ जना रहेको छ भने ६ जनासंग सम्पर्क भईरहेको छ।

Comments