सिपाडोलको डोलेश्वर ः साउन एक महिनामा ६१ लाख वढी आम्दानी ! (प्रमाणसहित)
भदौ ६, २०८०, बुधबार | दिउँसो ०१:३४ बजे | 65
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेको चर्चित डोलेश्वर मन्दिरबाट साउन एक महिनाभरमा मात्रै ६१ लाख २० हजार ६ सय ४४ रुपैयाँं आम्दानी भएको सार्वजनिक भएको छ । साउन १ गतेदेखि भदौ ४ गतेसम्मको झण्डै एक महिनामा यति रकम आम्दानी भएको सार्वजनिक भएको हो । यो तथ्यांक मन्दिर वरिपरि ठाउँंठाउँंमा टाँंस गरिएको छ ।
सार्वजनिक तथ्यांक अनुसार रसिद काटेर २९ लाख ९८ हजार आठ सय ३० र भगवान भेटी आम्दानीबाट ३१ लख २१ ह्जार आठ सय ५ रुपैयाँं आम्दानी भएको हो । यो दुवै जोडेर कुल ६१ लाख २० हजार ६ सय ४४ रुपैयाँं आम्दानी भएको सार्वजनिक भएको हो ।
फाेटाेमा हेर्नुहाेस्...