भोलि सर्वसाधारणका लागि डोलेश्वर मन्दिर खुल्ला


भदौ ५, २०८०, मङ्गलबार | विहान ११:३४ बजे | 60


भोलि सर्वसाधारणका लागि डोलेश्वर मन्दिर खुल्ला

भक्तपुर ।  भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भाद्र ६ गते बुधवार (भोलि )सर्वसाधारणको लागि मन्दिरभित्र प्रवेश गरी आफैंले पूजा गर्न पाउने भएका छन् । केदारनाथको शीर डोलेश्वर मन्दिर घोषणा भएको अवसरमा यो व्यवस्था गरिएको हो । अरुबेला सर्वसाधारणका लागि भित्र पुगेर पूजा गर्न प्रतिवन्ध थियो । तर यो दिन प्रत्येक वर्ष सर्वसाधारणका लागि पनि खुल्ला गरिदै आएको छ । यही अवसरमा सूर्यविनायक नगरपालिकाले भोलि नगरभित्र सार्वजनिक विदा घोषणा गरेको छ । 

Comments