बूढानीलकण्ठ नगरपालिका वडा नं ४ थापागाउँ घाटेवनमा बृक्षारोपण


भदौ ५, २०८०, मङ्गलबार | विहान ०९:०९ बजे | 55


बूढानीलकण्ठ नगरपालिका वडा नं ४ थापागाउँ घाटेवनमा बृक्षारोपण

नविना श्रेष्ठ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ थापागाउँ स्थित पासिकोटको घाटेवनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।बिहान ८:००बजे सुरु भएको कार्यक्रममा बूढानीलकण्ठ युथ सर्कलको आयोजनमा सह - आयोजक घाट मन्दिर तथा घाटेवन उपभोक्ता समितिले गरेको वृक्षारोपण कार्यक्रममा ४ वडाका जनप्रतिनिधि कृष्ण खत्री को संयोजकत्वमा भएको थियो। वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न उपभोक्ता समिती, वरिष्ठ अधिवक्ता दामोदर खड्का, प्रदेश ख का सभापति राजु खड्का, बूढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकी,टोखा नगर वडाका वडा सभापति हेराकाजी महर्जन डंगोल, महाधिवेशनका प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु, बूढानीलकण्ठ नगरपालिका वडा नं ४ का वडा जनप्रतिनिधिहरु, पार्टीका अगुवा महिलाहरु लगायत पार्टीका उच्च स्थानमा रहेका व्यक्तित्वहरुको उपस्थितिले वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

बूढानीलकण्ठ नगरपालिका वडा नं ४ थापागाउँ घाटेवनमा बृक्षारोपण

Comments